citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एनएमबि लघुवित्त वित्तीय संस्थाले नाफा साढे ७१ लाख खुद नाफा कमाए

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एनएमबि लघुवित्त वित्तीय संस्थाले ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा संस्था ४ करोड ७३ लाख रुपैयाँ घाटामा थियो ।

यस लघुवित्तको खुद ब्याज आम्दानी ४०.८६ प्रतिशतले बढेर ८ करोड ८ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी ५ करोड ७४ लाख रुपैयाँ थियो ।

यस्तै, गत वर्ष ४ करोड ७० लाख रुपैयाँ नोक्सानमा रहेको लघुवित्तले यो त्रैमासमा ७१ लाख ३९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढ्दा संस्था नाफामा गएको हो ।

चुक्ता पुँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको यसको जगेडा कोषमा १५ करोड २ लाख रुपैयाँ छ । पुँजी भन्दा जगेडा कोष करिब २० करोड बढी छ ।

गत वर्ष प्रतिसेयर आम्दानी २६ रुपैयाँ २५ पैसा ऋणात्मक रहेको एनएमबिको अहिले ३।९७ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १३०.२४ रुपैयाँ छ ।

 

gold
himalayan life insurance long ad