stcnepal long ad
ime life insurance
national life
global ime bank long

गुराँस लघुवित्तको असोज २९ गते वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गुराँस लघुवित्तले असोज २९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

साधारण  सभा तथा  लाभांश  वितरण  प्रयोजनार्थ  कम्पनीले असोज १६ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, असोज १५ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।साधारण सभा होटल कान्जिरोवा, धनकुटामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

IME Lifesidebar
kumari