सूर्योदय वोमी लघुवित्तको लाभांश सुनिश्चित गर्ने अन्तिम दिन आज
काठमाडौं । सूर्योदय वोमी लघुवित्तको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन हो । साधारणसभा प्रयोजनार्थ कम्पनीले साउन २४ (भोलि) बुकक्लोज गर्दैछ ।
अतः आजसम्म कायम शेयरधनी सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।कम्पनीले बोनस शेयरको प्रस्तावसहित साधारणसभा डाकेको छ ।
साधारण सभा साउन ३२ गते लुभु पार्टी प्यालेस एन्ड क्याटेरिङ सेन्टर ललितपुरमा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
साधारणसभामा थप सार्वजनिक निष्कासन (एफपीओ) पछि कायम ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपियाँ चुक्ता पुँजीमा १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पेस हुनेछ । एफपीओ हात पार्नेले पनि प्रस्तावित बोनस शेयर पाउने छन् ।
त्यस्तै, साधारण सभामा, नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गरी कम्पनीको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्वलाई प्रबन्धपत्रमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पेस हुनेछ ।
साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।