समाज लघुवित्त बित्तीय संस्थाको साउन ३२ गते विशेष साधारण सभा
जारी पुँजी ४ करोड रुपैयाँ पुर्याउने

काठमाडौं । समाज लघुवित्त बित्तीय संस्थाले साउन ३२ गते विशेष साधारण सभा बोलाएको छ । लघुवित्तको विशेष साधारण सभामा लघुवित्त संस्थापना ताका राखिएको जारी पुँजी बोनस सेयरको लागि अपुग भएकोले सो पुँजीलाई परिवर्तन गरी जारी पुँजी ४ करोड रुपैयाँ कायम गर्ने प्रस्ताव राखिएको छ ।
साथै, विशेष सभाले स्वीकृत प्रबन्ध पत्रको दफा ६ (ख) मा संसोधन गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तले विशेष साधारण सभा प्रयोजनार्थ साउन २५ गतेदेखि साउन ३२ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।
तसर्थ, साउन २४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै उक्त विशेष साधारण सभामा सहभागीता जनाउन पाउने छन् ।
विशेष साधारण सभा जानकी फेमली होटल एन्ड पार्टी प्यालेस, सर्लाहीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।