किसान लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।लघुवित्तले दुईजना संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको ।
यस शेयरमा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्था खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित सात दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय लम्कीचुहा, कैलालीमा या बूढानीलकण्ठमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ ।