citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको जेठ २५ गते वार्षिक साधारण सभा

लाभांश प्रस्तावबिनै बस्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ २५ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।  साधारण सभामा यस कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै पनि प्रस्ताव पेश गरेको छैन ।

साधारण  सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व पर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्ने भएको छ ।

जेठ १७ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा, रोयल कुश्मा रिसोर्ट, पर्वतमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

 

gold
himalayan life insurance long ad