sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब ८९ करोड रुपियाँ खर्च गरेको हो ।  लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकेपछि सरकारी वित्त घाटा झन् फराकिलो भएको हो ।

कार्यालयका अनुसार चैतसम्म लक्ष्यको ५८.२ प्रतिशत मात्र आम्दानी भएको हो । आम्दानी शीर्षकमध्ये सबैभन्दा धेरै राजस्व शीर्षकमा आठ खर्ब ३१ अर्ब ९३ करोड रुपियाँ सङ्कलन भएको छ ।

जसमध्ये कर शीर्षकतर्फ सात खर्ब ४६ अर्ब ८३ करोड रुपियाँ आम्दानी देखिएको छ भने गैरकरतर्फ ८५ अर्ब १० करोड रुपियाँ आम्दानी भएको छ ।

यसबाहेक सरकारले समीक्षा अवधिसम्म दुई अर्ब ७५ करोड रुपियाँ अनुदान र अन्य प्राप्तितर्फ २२ अर्ब ३३ करोड रुपियाँ आम्दानी गरेको छ । चालु आवमा सरकारले सार्वजनिक ऋणबाहेक १४ खर्ब ७२ अर्ब ४८ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

झन् खस्कियो पुँजीगत खर्च

समीक्षा अवधिसम्म सरकारको पुँजीगत खर्च झन् खस्किएको देखिएको छ । गत आवको तुलनामा पुँजीगत खर्च नै घटाएको सरकारले समीक्षा अवधिसम्म लक्ष्यको ३७.०४ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ८८ करोड रुपियाँ पुँजीगत खर्च गरेको छ ।

गत आ.व.को चैतसम्म भने सरकारले एक खर्ब २५ अर्ब ६७ करोड रुपियाँ खर्च गरेको थियो जुन लक्ष्यको ३३.०४ प्रतिशत हुन आउँछ ।

प्रतिशतमा बढी देखिएमा पुँजीगत खर्चको लक्ष्य नै घटाएको अवस्थामा सरकारले गरेको खर्च रकममा भने घटेको देखिएको छ ।

सबाहेक चालुतर्फ सरकारले लक्ष्यको ६५.९१ प्रतिशत अर्थात् सात खर्ब ५२ अर्ब ५५ करोड रुपियाँ खर्च गरेको छ । सार्वजनिक ऋणको ब्याज तिर्न यस वर्ष वित्तीय खर्च बढाएको सरकारले चैतसम्म यस शीर्षकमा एक खर्ब ९२ अर्ब ४५ करोड रुपियाँ खर्च गरेको छ, जुन लक्ष्यको ६२।६ प्रतिशत हुन आउँछ ।

prabhu bank
nawakantipur long