citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

उन्नति सहकार्य लघुवित्त करिब १ करोड नाफामा

इम्पेयरमेन्ट चार्ज घट्दा देखियो सुधार

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ९८ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसैअवधिमा यो संस्थाले ४ करोड ४७ लाख ७० हजार रुपैयाँ घाटामा थियो । खुद ब्याज आम्दानी ११ करोड ३२ लाखबाट बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

यस इम्पेयरमेन्ट चार्ज ३ करोड २८ लाखबाट घटेर ६३ लाख कायम भएको छ । जस कारण नाफामा सुधार देखिएको हो ।

हाल यस संस्थाको चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा ११ करोड २१ लाख रुपैयाँ जम्मा छ ।

यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर आम्दानी ५.३२ रुपैयाँ छ । यसको प्रतिसेयर नेटवर्थ भने १४५.१३ रुपैयाँ देखिएको छ । यस संस्थाको एनपीएल १३.४७ प्रतिशत विन्दुबाट घटेर ५.५४ प्रतिशत विन्दुमा झरेको छ ।

himalayan life insurance
igi long