आशा लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा १७.४८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७१.५७ प्रतिशतले बढेको छ। लघुवित्तको कुल सञ्चालन आम्दानी यस अवधिमा ७८.८९ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा १६.६७ प्रतिशत बढेको छ।

यस लघुवित्तको चैत मसान्तसम्ममा वितरणयोग्य मुनाफा १२ करोड ३३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ६२ रुपैयाँ रहेको छ। ६४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३७ करोड ८४ लाख रुपैयाँ सञ्चित छ।

चैत मसान्तसम्ममा लघुवित्तले ८ अर्ब ८९ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ९ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४८ पैसा घटेर ८ रुपैयाँ ७ पैसामा सीमित भएको छ।

सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ९१.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ९९ पैसा रहेको छ।

IME Lifesidebar
kumari