डिम्याट खातामा गणपति लघुवित्तको बोनस सेयर
काठमाडौं । सम्बन्धित सेयरधनीको डिम्याट खातामा गणपति लघुवित्त वित्तीय संस्थाले ७५ बोनस सेयर जम्मा गरिदिएको छ । गत मंसिर ८ गतेसम्म कम्पनीले सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइ दिएको हो । मंसिर ८ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
अनिमात्र बोनस जम्मा गरीने कम्पनीले जनाएको छ । गणपतिको पुस ४ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ७५ बोनस सेयर कर प्रयोजनार्थ ०।३७५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।




























