सपोर्ट लघुवित्त सपोर्ट लघुवित्त बित्तीय संस्थाको नाफा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सपोर्ट लघुवित्त सपोर्ट लघुवित्त बित्तीय संस्थाको खुद नाफा ९४.९१ प्रतिशतले बढेर १ करोड २३ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी ८.७८ प्रतिशतले बढेर ४ करोड ९१ लाख ८१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १२०.९३ प्रतिशतले बढेर १ करोड ३३ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।
खराब कर्जा १.७८ प्रतिशत विन्दुले घटेर १।४७ प्रतिशतमा आएको छ । चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ८ पैसा छ ।