sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

मानुषी लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा शुक्रबार होटल उग्रचण्डी, बनेपामा सफलता पूर्वक सम्पन्न भएको छ ।

साधारण सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

उक्त साधारण सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारिन् ।

साथै सभाका सहभागीहरुले राखेको जिज्ञासाको जवाफ पनि दिएकी थिइन् । सभाले आ.व. २०८०/०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।

स्थापनाको पाँच वर्ष पूरा गरेको संस्थाले गत आ.व. सम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखा मार्फत ३४२४९ जना सदस्यहरुमा सेवा प्रदान गर्दै आएको छ ।

 

 

gold
kumari bank
nawakantipur long