citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौतामा हस्ताक्षर

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले एकआपसमा गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यी दुई लघुवित्त कम्पनीले आइतबार (चैत १८ गते) मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका हुन् । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ ।

यस्तै, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ ।

यी दुई कम्पनीको मर्जरका लागि सेयर स्वाप रेसियो सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम हुनेछ । यी दुई कम्पनीले साउन ९ गते मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

himalayan life insurance
igi long