sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

छिमेक लघुवित्तको छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक शेयरधनी महेन्द्र गौतमको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

यसको न्यूनतम मूल्य प्रति कित्ता ६०० रुपैयाँ तोकिएको छ । यो शेयर हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापकबाट आवेदन नपरेको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइनेछ ।

त्यस्तै, कम्पनीले  अर्का शेयरधनीको नाममा  रहेको एक हजार ६२८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । यसको न्यूनतम मूल्य प्रति कित्ता ५०० रुपैयाँ तोकिएको छ ।

यस शेयरमा संस्थापक बाहेक अन्य व्यक्ति वा संस्थाले १५ दिनभित्र खरिद आवदेन दिन पाउनेछन् ।शेयर खरिदका लागि आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

 

gold
kumari bank
nawakantipur long