macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आरम्भ चौतारी लघुवित्तको घट्यो मुनाफा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आरम्भ चौतारी लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३९.४६ प्रतिशतले घटेर १ करोड २४ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ६ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज  आम्दानी १२.२० प्रतिशतले घटेर १२ करोड ८३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो  वर्षको  यसैअवधिमा यसले १४ करोड ६१ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन नाफा ३९.४६ प्रतिशतले घटेर १ करोड ७८ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।

पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ छ । जगेडा कोषमा १८ करोड ५९ लाख २६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी वार्षिक ६ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३९ पैसा छ ।

himalayan life insurance
igi long
NTA long ad