citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

युनाइटेड अजोड इन्स्योरेन्सको फागुन ६ गते वार्षिक साधारण सभा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न फागुन ६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभामा कम्पनीले सेयरधनीलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी जम्मा १०.८०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

उक्त साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जनाको निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २२ गते सोमबार बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, माघ २१ गते आइतबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।  साधारण सभा, अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

gold
himalayan life insurance long ad