आज स्वावलम्बन लघुवित्तको साधारण सभा
लाभांश प्रस्ताव पेश हुने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको आज बुधबार (पुस ४ गते) वार्षिक साधारण सभा बस्दैछ । साधारण सभामा यस संस्थाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले मंसिर २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर २१ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् । संस्थाको यस साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई लाभांश वितरण हुनेछ ।
साथै, अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । साधारण सभा, अम्रपाली ब्यांकेट एन्ड इभेन्ट्स, बालुवाटार मार्ग, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।























