macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

हिमालयन लघुवित्तले पुस २५ गते वार्षिक साधारण सभा

लगानीकर्तालाई छैन लाभांश

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन लघुवित्तले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । यस पटक लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगरी सञ्चितिमा राख्ने निर्णय गरेको छ । सोही कारण यसपटक कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ ।

साधारण सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट १ जना सञ्चालक पनि नियुक्ति गर्नेछ । आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछ ।

साधारण सभा बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad