stcnepal long ad
global ime bank long

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ ।

कम्पनीले विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश कतिपय शेयरधनीले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त लाभांश लिन आग्रह गरेको हो ।

नगद लाभांश लिन बाँकी रहेका शेयरधनीले आफ्नो शेयर प्रमाणपत्र का साथ आफ्नो कुनै परिचय पत्र लिई वा विभिन्न आवमा कम्पनीको शेयरधनी रहेका तर हाल आफ्नो शेयर विक्री गरिसकेका शेयरधनीले कागजातको प्रतिलिपी सहित कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड नक्साल काठमाडौंमा सम्पर्क गरी लाभांश बुभिलिन सक्नेछन् ।

पाँच वर्ष भन्दा पुरानो बुझिलिन बाँकी रहेको नगद लाभांश रकम कम्पनी ऐन २०६३ बमोजिम लगानाीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari