evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाए

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३१.९९ प्रतिशतले कम छ ।

गत वर्षको यसैअवधिमा संस्थाले १ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा खुद मुनाफामा गिरावट देखिएको हो । त्यसका साथै, संस्थाको इम्पेयरमेन्ट चार्ज पनि गत वर्षको भन्दा धेरै छ ।

त्यसैले पनि नाफामा दबाब परेको हो । महिलाले गत तीन महिनामा ७ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

गत वर्ष यसको खुद ब्याज आम्दानी ७ करोड ७५ लाख थियो ।सञ्चालन नाफा ३१.९९ प्रतिशतले घटेर १ करोड ५५ लाख कायम भएको छ ।

यता, गत वर्ष २ करोड ३२ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष बढेर २ करोड ५० लाख रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा २२ करोड ५४ लाख जम्मा छ ।

यसको वितरणयोग्य नाफा भने ऋणात्मक देखिएको छ । संस्थाको कस्ट अफ फन्ड १०.११ प्रतिशत, एनपीएल ४.९२ प्रतिशत, बेस रेट १५.७८ प्रतिशत रहेको छ ।

प्रतिसेयर आम्दानी २० रुपैयाँ १ पैसा (वार्षिकीकरण) छ । रिपोर्ट अनुसार यसको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ७० पैसा छ ।

igi long
himalayan life insurance long ad