macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेसनल लघुवित्त नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेसनल लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यसअवधिमा खुद नाफा ४६.२१% ले घटेर ५ करोड ५० लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड २३ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ । यसले पनि नाफा प्रभावित बनाएको हो ।

खुद ब्याज आम्दानी ६.२१% ले घटेर १४ करोड ९१ लाख १ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो  वर्षको यसैअवधिमा यसले १५ करोड ८९ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सञ्चालन नाफा पनि ४६.२१५ ले घटेर ७ करोड ८६ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । खराब कर्जा १.२२% ले बढेर ४.१७% पुगेको छ ।यअवधिमा नाफासँगै प्रतिसेयर आम्दानी पनि ह्वातै घटेको छ ।

प्रतिसेयर आम्दानी ४८ रुपैयाँ १७ पैसाले घटेर २० रुपैयाँ ३१ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २०८ रुपैैयाँ ९७ पैसा छ । असोज मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार रुपैयाँ छ ।

२४ कात्तिक २०८०, शुक्रवार ०७:५१ बजे प्रकाशित

NTA long ad