citizens life insurance long ad
stcnepal long ad

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको स्काई भोड्का सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं .उच्च गुणस्तरको स्पिरिट उत्पादन गर्दै आएको नेपालकै एक प्रतिष्ठित र अग्रणी उत्पादक कम्पनी जावलाखेल गु्रप अफ इन्डस्ट्रिजले नयाँ ‘स्काई भोड्का’ सार्वजनिक गरेको छ ।

सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का गुणस्तर र स्वादको लागि एक नयाँ स्टान्डर्ड भएको कम्पनीले बताएको छ ।

नेपाली बजारमा विशेष एवं फरक स्वाद पस्किन प्रिमियम भोड्का ब्राण्ड बजारमा ल्याइएको कम्पनीले बताएको छ ।

५ पटक डिस्टिल गरी तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मूथ रिफ्रेसिङ टेस्ट रहेको र यसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट एवं मनमोहक स्वाद आउने कम्पनीले जनाएको छ ।

उत्कृष्ट तथा रिफ्रेसिङ टेस्टेको विशेषता रहेको स्काई भोड्का आकर्षक कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलि र १८० मिलि बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

IME Life
kumari