बजारमा आज सुन–चाँदीको भाउमा सामान्य गिरावट
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन–चाँदीको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो।
यसँगै आज प्रतितोला सुन २ लाख ७७ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।






















