stcnepal long ad
global ime bank long

सामसङ नेपालको ‘रेमिटमा बेनिफिट क्याम्पेन’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। सामसङ नेपालले ‘रेमिटमा बेनिफिट’ नामक विशेष उपभोक्ता अभियान घोषणा गरेको छ । यो पहल वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई सम्मान गर्दै उनीहरूको रेमिट्यान्स जीवनस्तर सुधार गर्ने अवसरमा रूपान्तरण गर्ने उद्देश्यले ल्याइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सामसङले यस अभियानमार्फत आकांक्षा र पहुँचबीचको दूरी कम गर्ने लक्ष्य राखेको छ । अभियान अन्तर्गत नेपालभर रहेका रेमिट्यान्स–आधारित परिवारलाई प्रिमियम प्रविधि अझ सहज रूपमा उपलब्ध गराउने विशेष अफर प्रस्तुत गरिएको विज्ञप्तिमा जनाइएको छ ।

अभियानअन्तर्गत ग्राहकले स्मार्टफोन, सामसङ टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक, एनसेल रिचार्जमा अधिकतम १ सय ८० जीबी बोनस डेटा, २४ महिनासम्मको ईएमआई सुविधा पाउनेछन्।

IME Lifesidebar
kumari