Mountain Dew® नेपालको ‘Peaks of Courage’ अभियानले Spikes Asia २०२६ मा Grand Prix जित्यो
काठमाडौं ।Mountain Dew ले आफ्नो Peaks of Courage अभियान मार्फत ठूलो उपलब्धि हासिल गर्दै Spikes Asia २०२६ मा ४ प्रतिष्ठित अवार्ड जित्न सफल भएको छ। यसमा Activation श्रेणीमा न्चबलम Grand Prix, Innovation मा Silver, र Creative Data तथा Brand Experience मा Bronze अवार्ड समावेश छन्।
Nepal Tourism Board सँगको सहकार्यमा सुरु गरिएको यो अभियान Discovery Channel मार्फत विश्वव्यापी रूपमा प्रवद्र्धन गरिएको थियो। नेपालमै सुरु भएको ब्रान्ड अभियानले अन्तर्राष्ट्रिय स्तरमा यस्तो पहिचान पाउनु महत्वपूर्ण उपलब्धि मानिएको छ।
यस अभियानले QR प्रविधि, डिजिटल प्लेटफर्म र “Dare Score” जस्ता नवप्रवर्तनमार्फत एभरेष्ट बाहेकका हिमालहरूको सम्भावना उजागर गर्दै नेपालको पर्वतारोहण कथालाई नयाँ ढंगले प्रस्तुत गरेको छ।
सन् २०२५ मा सुरु भएको यस अभियानले टिभी, डिजिटल र इन्फ्लुएन्सर प्लेटफर्ममार्फत करिब २ करोड मानिससम्म रिच पु¥याएको छ। साथै, करिब ४ लाख माइक्रोसाइट अन्तरक्रियामार्फत प्रयोगकर्तालाई वास्तविक अभियान योजनातर्फ आकर्षित गरेको छ।
यस अभियानले १०० भन्दा बढी एभरेष्ट बाहेकका अभियानहरूलाई प्रोत्साहन दिएको छ भने २००० भन्दा बढी मौसमी रोजगारीका अवसर सिर्जना गर्दै स्थानीय समुदायको जीविकोपार्जनमा योगदान पु¥याएको छ।
पेप्सिको एरिया कन्ट्रीजका बेभरेज ब्रान्ड लिड नाफिसा नवाल खान चौधरीले भन्नुभयो, “Peaks of Courage अभियानलेMountain Dew को निडर भावनालाई झल्काउँदै प्रविधि, संस्कृति र साहसलाई एकसाथ जोडेको छ । अन्तर्राष्ट्रिय स्तरमा प्राप्त उपलब्धिले हाम्रो सिर्जनात्मक सोच र वास्तविक प्रभाव सिर्जना गर्ने लक्ष्यलाई पुष्टि गरेको छ।”
यस अभियानको फिल्मले विश्वभरका पर्वतारोहीहरूलाई प्रेरित गरिरहेको छ भने नेपालका शेर्पा तथा स्थानीय समुदायहरूको दिगो विकासमा समेत सहयोग पु¥याइरहेको छ ।






















