बजारमा आज सुन चाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २० गते सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा ३ लाख १७ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ३ लाख २८ हजार ६ रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २७५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।
























