stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

एसजे मोटो र हिमालयन जाभाको संयुक्त आउटलेट नयाँ स्वरूपमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पोखरामा पहिलो संयुक्त आउटलेटको सफलतापछि ‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ले काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएको छ ।

सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्णरूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको हो । यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै छानामुनि ल्याउनु रहेको कम्पनीले जनाएको छ ।

काठमाडौंको यो आउटलेटले यस्तो विशेष वातावरण प्रदान गर्दछ, जहाँ ग्राहकहरूले प्रिमियम कफीको स्वाद लिँदै एक(आपसमा भेटघाट गर्न र मोटरसाइकल संस्कृतिको मज्जा लिन सक्नेछन् ।

यसलाई एउटा सामान्य क्याफे मात्र नभएर उत्कृष्ट ‘लाइफस्टाइल डेस्टिनेसन’ को रूपमा विकास गर्ने एसजे मोटो र हिमालयन जाभाको साझा दृष्टिकोण रहेको छ । नयाँ आउटलेटमा ग्राहकको सुविधा, आपसी भाइचारा र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari