stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

अण्डाको मूल्य आजदेखि बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अण्डाको मूल्यमा निरन्तर बृद्धि भईरहेको छ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार बढेको मूल्य सोमबारदेखि लागू भएको छ ।

नयाँ दरअनुसार एक्सएल अण्डा प्रतिक्रेट ४९५ रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ४७५ रुपैयाँ र मिडियम साइजको अण्डाको मूल्य प्रतिक्रेट ४४५ रुपैयाँ तोकिएको छ । यसअघि एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४४५, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४२५ र मिडियम अण्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ रहेको थियो ।

अहिले चुनावी माहोलले अण्डाको माग बढेको र उत्पादन लागत समेत वृद्धि भइरहेकाले अण्डाको मूल्य समायोजन गरिएको संघले जनाएको छ ।

prabhu mahalaxmi
kumari