stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

एनआईसी एशिया बैंकका ग्राहकलाई अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशत सम्म छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारत बीच यस बैंकका ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावलज्यू र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माज्यूले हस्ताक्षर गरेका हुन् ।

यस बैंकका ग्राहक महानुभावहरुले बिरामी कोठा शुल्क, निवारक स्वास्थ्य जाँच प्याकेज र सहभागीहरूको स्वास्थ्य जाँच सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुने छ र बहिरङ्गी रोगी जाँचमा ५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ ।

साथै, निस्शुल्क दर्ता शुल्क, अन्तर्राष्ट्रिय बिरामी लाउन्जमा पहुँच जस्ता सुविधाहरु समेत उपलब्ध हुनेछन् । यसैगरी, काठमाडौं स्थित अपोलो इन्फर्मेसन सेन्टर मार्फत नियुक्ति लिने बैंकका ग्राहक महानुभावहरुलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटलरहस्पिटलसम्मको लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ ।

prabhu mahalaxmi
kumari