कारबाहीको डरले खानेतेलको मूल्य घटाइँदै 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भटमास र सूर्यमुखीको खानेतेल उत्पादन गर्ने उद्योगीसँग मूल्य बढ्नुका कारण मागेसँगै उद्योगीले मूल्य घटेको लिस्ट पेस गर्न थालका छन् ।

विभागले बिहीबार देशभर रहेका २७ वटा खानेतेल उत्पादन उद्योगीलाई बोलाएर मूल्य बढ्नुको स्पष्ट कारण खुलाएर विवरण पेस गर्न दिएको निर्देशन दिएलगत्तै केही उद्योगीले लिटरमा आठ रुपियाँदेखि १५ रुपियाँसम्म घटेको मूल्य पेस गरेको जानकारी दिएको छ ।

विभागका निर्देशक नरहरि तिवारीले बिहीबार खानेतेलका २७ वटा उद्योगका सञ्चालक र उनीहरूका प्रतिनिधिसँग मूल्यका विषयमा छलफलपछि दुई उद्योगबाट शुक्रबार मूल्य घटाएको लिस्ट प्राप्त भएको जानकारी दिनुुभयो ।

उहाँका अनुसार विभागले बिहीबार नै सबै उद्योगीलाई खानेतेलको भाउ बढ्नु स्पष्ट कारणसहित तीन दिनभित्रमा सम्पूर्ण विवरण पेस गर्न निर्देशन दिएको थियो ।

निर्देशनपछि दुई उद्योगले शुक्रबार तेलको भाउ घटेको लिस्ट पठाएको र आइतबारसम्म सबै उद्योगबाट घटेको मूल्यसहितको विवरण आउने विश्वास निर्देशक तिवारीले व्यक्त गर्नुभयो । सोमबारसम्म उद्योगीबाट तेलको भाउ बढ्नुका कारण सहितको चित्त बुझ्दो नआएमा आएमा कानुन अनुसार कारबाही गर्ने चेतावनी उहाँले दिनुुभयो ।

नेपाली बजारमा करिब एक महिनायता खानेतेलको भाउ अस्वाभाविक रूपमा बढेको थियो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार यस अवधिमा तेलको भाउ लिटरमा ४० रुपियाँसम्म बढेको थियो । माघको पहिलो सातासम्म प्रतिलिटर २४० रुपियाँ खुद्रामा बिक्री भइरहेको खानेतेल अहिले प्रतिलिटर २८५ देखि २९० रुपियाँसम्म पुगेको छ ।

खुद्रा व्यापारीले पछिल्लो समयमा खानेतेलको भाउ दिनदिनै भाउ बढेका कारण कारोबार गर्न समस्या भएको गुनासो गर्दै आएका छन् । सङ्घका उपाध्यक्ष नरेश खड्गीले अस्वाभाविक रूपमा दिनैपिच्छे भाउ बढ्दा खुद्रा व्यवसायीलाई काम गर्न समस्या भएको गुनासो गर्नुभयो ।

कुनै वस्तुको भाउ अस्वाभाविक रूपमा बढ्ने बित्तिकै सबैभन्दा चर्को मारमा खुद्रा व्यापारी पर्ने गरेको भन्दै उहाँले भन्नुभयो, “खुद्रा व्यापारीले थोकमा किन्दा बढेको भाउ तिरेर ल्याउनु पर्छ ।

यता उपभोक्ता महँगो भयो भनेर गुनासो गर्छन् । अर्कातिर सरकारी नियमनकारी निकायले हाम्रै पसलमा अनुगमन गरेर कारबाही गर्छ ।”

IME Lifesidebar
kumari