सुनको भाउ साढे ९ हजार बढ्यो, चाँदी ५ हजार नाघ्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो ।
यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ५ सय रुपैयाँमा कायम भएको छ। गत शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३ सय रुपैयाँले बढेको हो । यससँगै चाँदी आज तोलामा ५ हजार १० रुपैयाँमा कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।
























