आज पनि सुन चाँदीको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको छ ।
यससँगै आज सुनको भाउ तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६२ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४४ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४५ सय ९० रुपैयाँमा कारोबार भएको थियो।





























