stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

दराज नेपालद्वारा बृहत बचत तथा आकर्षक उपहारहरू सहित १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले वर्षकै सर्वाधिक ठूलो शपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा गरेको छ । यो सेल डिसेम्बर ११ (मंसिर २५, २०८२)को राति ८ बजे लाइभ हुँदै डिसेम्बर १८ (पौष ३, २०८२) सम्म सञ्चालन हुने दराजले जानकारी दिएको छ ।

कम्पनीका अनुसार सेल मार्फत ग्राहकहरूले ८०% सम्मको फ्ल्यास सेल, ७०% सम्मको मेगा डिल, र छानिएका सामानहरूमा निःशुल्क ढुवानी सुविधाको फाइदापनि लिन सक्नु हुनेछ ।

यस वर्षको १२.१२ सेलमा साझेदार ब्रान्डहरू मार्फत आकर्षक छुटहरु पनि प्रबन्ध मिलाइएको छ । सेलका लागि प्लाटिनम पार्टनर सेताफिलले ४१% सम्मको छुट, गोल्ड पार्टनर ¥होटो, ब्राण्डहाउस र एईविबी मार्फत ६०% सम्म छुट र सिल्भर पार्टनर स्ट्रिक्स, नाईक र लोट्टो नेपालका तर्फबाटे ५०% सम्मको आकर्षक छुटपनि उपलब्ध हुने जानकारी दिइएको छ ।

यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्याश सेलपनि रहने छ । क्रेजी फ्ल्याश सेल, डिसेम्बर ११को राति ८ बजेदेखि सुरु गरिनेछ । यसका साथै, सिमित स्टकमा उपलब्ध गरिने फ्ल्यास डिलहरूसँगै, सेल अवधिभर दैनिक फ्ल्यास सेल प्राइस ड्रप अफरहरूबाट पनि लाभ उपभोक्ताहरुले मनग्य लाभ लिन सक्नुहुनेछ ।

यस पटक, खल्टी वालेट प्रयोगकर्ताहरुका लागि सेल अवधिभर १०% सम्म (अधिकतम रु. २००)को छुट लगायत अफरहरुको पनि ब्यवस्था गरिएको छ । यो सुविधा मार्फत क्याशलेस भुक्तानीलाई अझ सहज र लाभदायक बनाउनका लागि उल्लेख्य तेवा पुग्नेमा कम्पनी विस्वस्त रहेको छ ।

दराजले यस पटक आफ्ना ग्राहकहरूका लागि आकर्षक उपहारहरु जित्ने सुनौलो अवसरपनि प्रदान गर्ने भएको छ । एड टू कार्ट एन्ड विन र बाई एन्ड विन फिचर मार्फत ७ जना भाग्यशाली ग्राहकहरुले विभिन्न आकर्षक उपहारहरु जित्न सक्नुहुनेछ ।

एड टू कार्ट एण्ड विन अन्तर्गत, रु. १०,००० भन्दा बढीका सामान कार्टमा राख्दा एक भाग्यशाली ग्राहकले अलेवा स्टील स्मार्टवाच, ड्रिपपड्स इयरबड्स, र गिज्मो पावर बैंक (कुल मूल्य रु. १२,९९९ पर्ने) लगायत उपहारहरु जित्ने सुनौलो अवसर प्राप्त गर्नुहुनेछ ।

बाई एन्ड विन अन्तर्गत, कुनै पनि पेमेन्टका माध्यमबाट रु. ५,००० भन्दा बढीको अर्डर गर्ने ग्राहकहरूले निम्न उपहारहरूका लागि लक्की ड्रमा सहभागिता जनाउन सक्नु हुनेछ:

  •  मूल्य रु. १६,३०० पर्ने हावेल्स बन्डल – १ जना विजेता
  •  मूल्य रु. १४,९०० पर्ने लोट्टो ईनर्जेक्स ह्वाइट नेभी रनिंग शुज – १ जना विजेता
  •  मूल्य रु. २,४९९ पर्ने रेडमी बड्स फाइभ ए – २ जना विजेता
  •  मूल्य रु ४,४९९ पर्ने सियाओमी क्यामेरा सी२०० – २ जना विजेता

ब्राउज गर्दा होस् वा किनमेल, ग्राहकहरूले दराज १२.१२ ग्रान्ड इयर एन्ड सेल मार्फत बृहत बचत तथा ठूला आकर्षक अफरहरु दुवै प्राप्त गर्न सक्नु हुनेछ ।

ग्राहकहरूले बेष्ट प्राइस ट्याग भएका सामग्रीहरूमा विशेष ध्यान दिन सक्नुहुनेछ । यसमा सम्मिलित सामग्रीहरु उपभोक्ताले नेपालभित्र कुनैपनि अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा भेटिएमा, दराजले मूल्य अन्तरको दोब्बर रकम उपभोक्तालाई फिर्ता गर्ने बाचा गरेको छ ( शर्तहरू लागू हुनेछन्) ।

दराज नेपालको १२.१२ सेलबारे थप जानकारीका लागि www.daraz.com.np, , दराज नेपालको फेसबुक पेज, वा दराज एप भ्रमण गर्नुहुन कम्पनीले बिनम्र अनुरोध गरेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari