ओपो A6 Pro प्रि–बुकिङ शुरुः Enco Buds 3 Pro जित्ने मौका
काठमाडौं । ओपोले आफ्नो नयाँ स्मार्टफोन OPPO A6 Pro को प्रि–बुकिङ औपचारिक रूपमा खुला गरेको छ ।
अब ग्राहकहरूले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै आफ्नो डिभाइस सुरक्षित गर्न सक्नेछन् । प्रि–बुकिङ अवधि कार्तिक २८ देखि मङ्सिर १ गते सम्म सबै ओपो अधिकृत खुद्रा पसलहरूमा सञ्चालन हुनेछ ।
अफर अवधिभर, OPPO A6 Pro प्रि–बुक गर्ने रु. ३,४९९– मूल्यका OPPPO Enco Buds 3 Pro जित्ने मौका पाउनेछन् । यो सिमित समयको अफर पहिला ४०० जना भाग्यशाली ग्राहकहरुका लागि मात्र उपलब्ध हुनेछ ।
यसमा सहभागी हुन, ग्राहकहरूले नजिकको ओपो अधिकारीक बिक्रेतामा गएर प्रि–बुकिङ फारम भर्नुपर्छ । प्रि–बुकिङ पूरा गर्ने पहिलो ४०० ग्राहकहरू स्वतः यो विशेष उपहार अफरका लागि योग्य हुनेछन् ।
OPPO A6 Pro ले स्टाइलिस डिजाइन र शक्तिशाली प्रदर्शनलाई संयोजन गर्दै आजका युवा र गतिशील प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्ने उद्देश्य राखेको छ ।
यो स्मार्टफोन मंसिर २ मा औपचारिक रूपमा सार्वजनिक हुँदैछ, जसले ओपोको लोकप्रिय A–Seriesलाई थप मजबुत बनाउनेछ ।
यो प्रि–बुकिङ अफर मार्फत, ओपोले आफ्नो शुरुआती ग्राहकहरूलाई विशेष उपहारसहित अझ उत्साहपूर्ण अनुभव दिन चाहन्छ ।






























