stcnepal long ad
national life

सामसङको ‘तिहारको मुड, सबै गुड’ अफर सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सामसङ नेपालले तिहारलाई लक्षित गरेर ‘तिहारको मुड, सबै गुड’ अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकले देशभरका सामसङका अधिकृत विक्रेताबाट टिभी, फ्रिज र वाशिङ मेसिन खरिद गर्दा आकर्षक छुटसँगै रोमाञ्चक लक्की ड्रमार्फत साप्ताहिक तथा बम्पर उपहार जित्ने पाउनेछन्।

यो अफर असोज २६ देखि कार्तिक ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। अफर अवधिभर ग्राहकले सामसङका अत्याधुनिक टिभी, फ्रिज र वाशिङ मेसिनमा विशेष क्यासब्याक सुविधा र नयाँ मोडलहरूमा छुट पाउने छन्।

टिभी खरिदमा ३५ प्रतिशत, फ्रिज खरिदमा १९ प्रतिशत र वाशिङ मेसिन खरिदमा २४ प्रतिशतसम्म क्यासब्याक पाइने छ। त्यस्तै, एक्सचेन्ज बोनस अन्तर्गत टिभी खरिदमा ५ हजारसम्म, फ्रिज खरिदमा ६ हजारसम्म र वाशिङ मेसिनमा ७ हजारसम्म पाइने छ।

कम्पनीले क्यासब्याक तथा बोनसका साथै सामसङ ग्राहकलाई साप्ताहिक तथा बम्पर पुरस्कार पनि दिने भएको छ।

साप्ताहिक पुरस्कार अन्तर्गत टिभी खरिदमा साउन्डबार, फ्रिज र वाशिङ मेमिन खरिदमा २३ लिटर माइक्रोवेभ ओभन जित्न सकिने छ।

त्यस्तै, बम्पर पुरस्कार अन्तर्गत टिभी खरिदमा ३५ लिटर बिस्पोक एआई फ्रिज, फ्रिज खरिदमा ९ किलो फ्रन्ट लोड वाशिङ मेसिन र वाशिङ मेसिन खरिदमा ६५ इञ्च युएचडी टिभी पाइने छ।

ग्राहकहरूले खरिद गरेको उत्पादनको सिरियल नम्बर एसएमएसमार्फत पठाएर लक्की ड्रमा भाग लिन सक्नेछन्। सामसङले ग्राहकको सहजताका लागि शून्य प्रतिशत ब्याजदरमा इएमआई सुविधा पनि उपलब्ध गराएको छ।

gold
kumari bank
kumari
nawakantipur long