citizens life insurance long ad
stcnepal long ad

दशैं,तिहार र छठपर्वमा १११ स्थानमा सहुलियत पसल खुल्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल सरकारले यही भदौ ३० देखि नेपालीहरूको महान चाडपर्व वडादशैं,तिहार र छठपर्वलाई लक्षित गरि देशभर एक सय ११ वटा सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मार्फत उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको छ । सरकारले चाडपर्वका लागि अति आवश्यकीय खाद्यवस्तुहरू चामल, आटा, मैदा, चिनी, तेल, घ्यु, गेडागुडी, नुन, चिउरा, चियापत्ति, जिरा,धनिया मसला लगायतमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विगत वर्षहरूमा झैँ विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाए अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ,तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभरमा १११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यका सहित देशका ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार खाद्य कम्पनीबाट सञ्चालन हुने सहुलियत मूल्य पसलबाट विभिन्न खाद्यवस्तुमा प्रतिकेजी दुई रुपियाँदेखि १० रुपियाँसम्म छुट सुविधा दिइने भएको छ ।

कम्पनीका बिक्री वितरण विभागका प्रमुख भीमबहादुर थापाले गत साउन २६ गते नै खाद्य कम्पनीबाट खाद्यवस्तुमा छुट गरिने मूल्य, पसलको संख्या र सञ्चालन गरिने पसलका स्थानसहितको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको बताएका छन ।

सरकारको मन्त्रीस्तरीय निर्णय गरि उक्त प्रस्ताव स्वीकृत गरेसँगै उद्योग मन्त्रालयले निर्णय गरि भदौ १६ गते कम्पनीमा पठाएको छ । अब कम्पनीले स्वीकृत प्रस्ताव अनुसार देशैभर सुपथ खुल्नेछन।

कम्पनीका अनुसार खाद्य व्यवस्थाले कोशी प्रदेशमा ११ स्थान, मधेश प्रदेशमा ३ स्थान, बागमती प्रदेशमा ५ स्थान,गण्डकी प्रदेशमा ७ स्थान, लुम्बिनी प्रदेशमा १५ स्थानमा खाद्य कम्पनीका सहुलियत मूल्य पसल सञ्चालन गरिने जनाएको छ ।

साल्ट टेडिङ कर्पोरेसनले उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित गरी १४ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनको तयारी गरेको कर्पोरेसन स्रोतले बताएको छ । कर्पोरेसनले चिनी प्रतिकेजी ५ रुपियाँ, नुन प्रतिकेजी २ रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी ७ रुपियाँका दरले छुट गरिने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, सतुङ्गल, बालाजु, गौशाला, कपन, कौशलटार, कोटेश्वर, स्वयम्भू,ललितपुर ,जावलाखेल र भक्तपुरका बिक्री केन्द्रबाट ती वस्तु छुटमा उपलब्ध गराउने छ ।

त्यसबाहेक माग आएका ठाउँमा तीन वटा मोबाइल भ्यानमार्फत पनि ती खाद्यवस्तु उपलब्ध गराउने कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिएका छन । उनका अनुसार उपत्यकाबाहिरका २२ जिल्लामा रहेका बिक्री केन्द्र र विभिन्न पालिकाबाट आएका मागका आधारमा पनि सेवा दिने व्यवस्था गरिएको छ ।

IME Life
kumari