stcnepal long ad
ime life insurance
global ime bank long

‘करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । करेन्ट नुडल्सको उत्पादक यशोदा फुड्सले आफ्नो फास्ट–फुड आउटलेट ‘करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलमा सञ्चालनमा ल्याएको छ।

बुटवल र अनामनगरमा रहेका शाखाहरूको सफलता र ग्राहकको मागलाई ध्यानमा राख्दै हरितालिका तीजको अवसर पारेर कम्पनीले नयाँ शाखा विस्तार गरेको हो।

शंखमूलस्थित बिग मार्ट नजिकै खोलिएको यस आउटलेटमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्। कम्पनीका अनुसार, यहाँ ग्राहकहरूले ‘नुज्जा’, ‘यम्मी स्लर्प’, ‘क्रिस्पी रोल्स’ र ‘चिज पकेट’ जस्ता नयाँ र विशेष परिकारको स्वाद लिन पाउनेछन्।

साथै, ग्राहकहरूले आफ्नो रुचि अनुसार मसला र स्वाद पनि रोज्न सक्ने व्यवस्था मिलाइएको छ। यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवल र अनामनगरमा ‘करेन्ट पोइन्ट’ले पाएको सफलताले काठमाडौंमा सेवा विस्तार गर्न उत्साहित बनाएको बताए।

उनले भने, ‘काठमाडौंका नुडल्स पारखीहरू विशेषगरी पिरो र चटपटे स्वाद मन पराउनेहरूका लागि शंखमुललाई पनि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य छ।’

सन् २०१७ मा स्थापित यशोदा फुड्स प्रा.लि. नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो।

‘करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिला चाउचाउ उत्पादन गर्दै आएको यस कम्पनीले चिज बल्स, स्टिक्स तथा अन्य खाजाहरू पनि उत्पादन गर्दछ। कम्पनीले आफ्ना उत्पादनहरू नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै आएको छ।

prabhu mahalaxmi
kumari