stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा रु एक हजार ५०० र चाँदीमा पाँचले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९८ हजार ७०० निर्धारण भएको छ ।

त्यति नै परिमाणको चाँदी दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ । सोमबार एक तोला सुन एक लाख ९७ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३५५ मा क्रयविक्रय भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

prabhu mahalaxmi
kumari