आज पनि सुन चाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १७ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुन १ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको हो। हिजो पनि प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी २ हजार २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९९० रुपैयाँमा किनबेच भएको थियो।