बजारमा आज सुन चाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँले बढेको हो ।
यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि ५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९६५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलाको १ हजार ९१० रुपैयाँमा किनबेच भएको थियो।