stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । प्रिमियम गुणस्तर र कोरियन प्रविधिमा आधारित ‘हाङकुक’ ब्रान्डको चाउचाउको नेपालमा सफल परीक्षण उत्पादन सम्पन्न भएको छ।

तीन वर्षभन्दा लामो प्रयासपछि नेपाली बजारमा पहिलो पटक अत्याधुनिक प्रविधिबाट उत्पादित यो प्रिमियम चाउचाउ व्यावसायिक उत्पादनको चरणमा प्रवेश गर्न लागेको हो।

भैरहवास्थित हिमालयन म्यानुफ्याक्चरिङ कम्पनीद्वारा उत्पादित हाङकुक चाउचाउ आगामी साताबाट नेपाल, भारत लगायतका अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने तयारीमा रहेको कम्पनीका अध्यक्ष विनोद कुँवरले बताए ।

कुँवरका अनुसार, कम्पनीले परीक्षण उत्पादन सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने खाद्य विभागको स्वीकृति, ब्रान्ड दर्तालगायत सम्पूर्ण कानुनी प्रक्रिया पूरा भइसकेका छन्।

“नेपालमै पहिलो पटक यस्तो गुणस्तरको चाउचाउ उत्पादन गर्न सफल भयौँ, जुन बजारमा आयातित प्रिमियम चाउचाउभन्दा उत्कृष्ट छ,” अध्यक्ष कुँवरले बताए।

उद्योगमा ८० करोड रुपैयाँभन्दा बढीको लगानी गरिएको छ। हालको चरणमा उद्योगमा १०० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिसकेको छ भने आगामी उत्पादन वृद्धिसँगै थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

यस्तै अप्रत्यक्षरुपमा हजारौँले रोजगारी पाउनेछन् । उनका अनुसार अहिले कोरियाबाटै पनि दक्ष जनशक्ति समेत झिकाएर उत्पादन गरिएको छ । पूर्णतः अन्तर्राष्ट्रिय गुणस्तरको यो चाउचाउको तौल १३० ग्राम रहेको छ भने बजार मूल्य प्रति प्याक १३० रुपैयाँ निर्धारण गरिएको छ।

आयातित प्रिमियम चाउचाउहरू २२० रुपैयाँसम्ममा बिक्री हुँदै आएका बेला कम्पनीले सस्तोमै उपलब्ध गराउने भएको हो । यसले नेपाली बजारमा गुणस्तर र मूल्य दुवैको हिसाबले नयाँ विकल्प प्रदान गर्ने विश्वास कम्पनीको छ।

कम्पनीले उत्पादनलाई अझ सुदृढ बनाउँदै लैजान उपभोक्ताबाट अमूल्य सुझावको अपेक्षा पनि गरेको छ। “हामीले मातृभूमिप्रतिको जिम्मेवारी र उपभोक्ताको माया झन् गहिरो महसुस गरेका छौँ,” अध्यक्ष कुँवरले भने, “हामी गुणस्तरमा कुनै सम्झौता नगरी बजारमा उत्कृष्ट उत्पादन ल्याउँदैछौं।”

नेपालमै उत्पादित हाङकुक चाउचाउ निकट भविष्यमा भारतसहित अन्य अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने योजना कम्पनीले अघि सारेको छ।

कोरियामा बस्दै आएका गैरआवासीय नेपाली अभियन्ता कुँवरले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । उनले नेपालमा कोरियन मदिरा सोजु समेत उत्पादन गर्दै आएका छन् । उनी कोरियामा स्थापित व्यवसायी हुन् ।

prabhu mahalaxmi
kumari