बजारमा आज सुन–चाँदीको भाउमा बृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ८६ हजार रुपैयाँमा कारोबार भचइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । गत शुक्रबार सुन १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १९ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।