stcnepal long ad
ime life insurance
global ime bank long

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ। उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ। रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा यही चैत्र ३ गतेदेखि श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा सञ्चालन भएको उक्त तालिम मंगलबार रक्षा मन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा समापन भएको हो।

विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चार जगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट कुल २९ जना सम्मिलित उक्त तालिमको समापन समारोहमा मन्तव्य राख्दै रक्षा मन्त्री राईले नेपालको संविधानले निर्देशित गरेको स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै बहु जाती, धर्म, भाषा, संस्कृति र सम्प्रदायहरूमा पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नु पर्ने आवश्यकता रहेको बताए ।

समापन समारोहमा सम्बोधन गर्दै प्रधान सेनापति अशोक राज सिग्देलले तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण सहभागीहरूलाई बधाई तथा धन्यवाद दिए ।

उनले यस किसिमको तालिमबाट राष्ट्रिय सुरक्षाको क्षेत्रमा विभिन्न निकायहरू बिच सहकार्य र समन्वय भई एकीकृत प्रयासमा साझा धारणा निर्माण हुने बताउँदै सुरक्षा नीतिहरूको सफल कार्यान्वयन गर्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

तालिमको दौरानमा चैत्र १४ गते राज्य सञ्चालनमा सूशासनका संयन्त्रहरू र नेपालको वर्तमान अवस्था विषयक राष्ट्रिय स्तरको एक दिवसीय उच्च स्तरीय सेमिनार समेत सञ्चालन भएको थियो ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी श्री चोक बहादुर ढकालको स्वागत मन्तव्यबाट सुरु भएको समापन समारोहमा पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराज, पूर्व प्रधान सेनापति, विभिन्न मन्त्रालयका सचिवहरू, बलाधिकृत रथी, बलाध्यक्ष रथी, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनिधिहरू, अधिकृत तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

राष्ट्रिय सुरक्षा र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाईमा एकरूपता कायम होस भन्ने उद्देश्यले विक्रम संवत् २०७२ सालबाट सुरु भएको यस तालिमबाट हालसम्म २५२ जना प्रशिक्षित भई सकेका छन् ।

prabhu mahalaxmi
kumari