stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

बजारमा रहर, मास र चनाको दालको मूल्य घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बजारमा रहर दालको मूल्य घटेको छ।नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो। संघले प्रत्येक महिनाको १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ।

१५ दिन अघिको तुलनामा रहर दाल प्रतिकिलो १० रूपैयाँले घटेको छ। फागुन १५ गतेको तथ्यांक अनुसार रहर दाल एक सय ५० रूपैयाँमा कारोबार भइरहेको थियो। चैत १ मा आउँदा प्रतिकिलो १० रूपैयाँ घटेर एक सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

फागुन १ गते भने बजारमा रहर दाल प्रतिकिलो एक सय ६० रूपैयाँ थियो। त्यस्तै, मासको दाल पनि प्रतिकिलो पाँच रूपैयाँले घटेको छ।

१५ दिनअघि प्रतिकिलो दुई सय रूपैयाँमा कारोबार भएको मासको दाल अहिले एक सय ९५ रूपैयाँमा कारोबार भएको छ। चनाको दालको मूल्य पनि पाँच रूपैयाँले घटेको छ।

१५ दिनअघि प्रतिकिलो एक सय ८० रूपैयाँमा कारोबार भएको चनाको दाल अहिले एक सय ७५ रूपैयाँमा कारोबार भएको छ। मुसुर दालको मूल्य स्थिर छ। बजारमा मुसुर दाल एक नम्बर र दुई नम्बर गरी दुई प्रकारको आउँछ।

ती दालको मूल्य क्रमशः एक सय ६५ र एक सय ५० रूपैयाँमा कारोबार भएको छ। त्यस्तै, गेडा मुंग र छाटा मुंगको मूल्य पनि स्थिर छ।

अहिले बजारमा गेडा मुंग प्रतिकिलो एक सय ७० र छाटा मुंग प्रतिकिलो एक सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। दालको स्वदेशी उत्पादन नगन्य मात्रामा छ। भारत लगायत अन्य मुलुकबाट दाल आयात गरिँदै आएको छ।

prabhu mahalaxmi
kumari