ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढ्ने

काठमाडौँ । सरकार र एलपी ग्यास उद्योगीबीच भएको वार्ता मूल्य बढाउने निर्णय गरी टुंगिएको छ। उद्योगी र सरकारबीच भएको आजको वार्ताले प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा बढाउने गरी पाँच बुँदे सहमति भएको नेपाल एलपी ग्यास उत्पादक संघका वरिष्ठ उपाध्यक्ष कृष्ण भक्त श्रेष्ठले जानकारी दिए।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की तथा उद्योगीबीचको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति पनि भएको छ।
अब ग्यासको प्रतिसिलिन्डर मूल्य एक हजार ९२२ रुपैयाँ ७५ रहेको छ। यसअघि एक हजार ९१० रुपैयाँ थियो।