sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

डिजेल र मट्टितेलको मूल्य घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमको आज बसेको सञ्चालक समितिको बेठकले आज राति १२ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा डिजेल तथा मट्टितेल प्रतिलिटर १ रुपैयाँको दरले घटाएको हो ।

त्यस्तै, पेट्रोल, आन्तिरिक तथा अन्तराष्ट्रियतर्फ काठमाडौंको हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत राखिएको छ । हवाई इन्धन आन्तरिकतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्ट मा बिक्री मूल्य कायम गरिएको छ ।

निगमले डिजेल मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५२ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एक सय ५४ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५५ रुपैयाँ निर्धारण गरेको छ ।

पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेको छ ।

gold
nawakantipur long