citizens life insurance long ad

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. २० अर्ब निक्षेप, बढ्यो कर्जा लगानी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकिङ प्रणालीबाट एकैदिन २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार फागुन १२ गते बैंक तथा वित्तीय संस्थाबाट एकैदिन २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो।

योसँगै कुल निक्षेप ६७ खर्ब २० अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६७ खर्ब ४० अर्ब रुपैयाँ थियो।

तथ्यांक उक्त २० अर्ब रुपैयाँ वाणिज्य बैंकहरुबाट बाहिरिएको हो। फागुन ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ६० खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा फागुन १२ गते घटेर ५९ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ।

फागुन १२ मा बैंक तथा वित्तीय संस्थाबाट थप २ अर्ब रुपैयाँ कर्जा लगानी विस्तार भएको छ। यो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५४ खर्ब ४१ अर्ब रुपैयाँ थियो।

फागुन १२ गते बैंकहरुको औसत सीडी रेसियो ७९.६९ प्रतिशत रहेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।

IME Life
kumari