नेपाली बजारमा आज सुन चाँदीको भाउ २३०० ले बढ्यो

काठमाडौं । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । महासंघका अनुसार आज सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेको छ।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी १ हजार ८८५ रुपैयाँमा किनबेच भएको थियो।