आज (आइतबार) सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा प्रतितोला दुई सय रूपैयाँले घटेर छापावाल सुन आज प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६० हजार छ सय रूपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ ।
चाँदीको यो मूल्य शुक्रबारको तुलनामा १५ रूपैयाँले कम हो । उक्त दिन चाँदी प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा किनबेच भएको थियो ।