बजारमा आज आइतबार सुनको मूल्य घटे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार भने सुन तोलामा एक लाख ५० हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
यता, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा किनबेच भइरहेको छ ।